एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति सम्पन्न भएको खेलमा लेन्सलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजी शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमार र मार्क्विन्होसले १/१ गोल गरे । यता पाहुना टोली लेन्सका इग्नाटिउस गनागोले १ गोल फर्काए ।
खेलको ३३ औं मिनेटमा नेयमारको गोलबाट पहिलो हाफभरि १-० गोलको अग्रता बनाएको पीएसजीले दोस्रो हाफको खेलको ५९ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ६१ औं मिनेटमा लेन्सका गनागोले १ गोल फर्काउँदै खेलमा फर्काउन प्रयास गरेका थिए । तर बाँकी समय थप गोल हुन नसक्दा पीएसजी २-१ ले विजयी भयो ।
उक्त जित सँगै पीएसजीले ३५ खेलबाट ७५ अंक जोडेको छ । ऊ शीर्ष स्थानमा उक्लिएको छ । यता पराजित लेन्स ५६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।