एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिड विजयी भएको छ ।
आइतबार बिहान सम्पन्न खेलमा रियले घरेलु मैदानमा ओसासुनामाथि २-० गोलको रोमाञ्चक जित निकालेको हो । घरेलु टोली रियल मड्रिडको जितमा मिलिआओ र क्यासीमेरोले समान १/१ गोल गरे ।
निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलमा रियलले ४ मिनेटको अन्तरमा २ गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो । रियलका लागि मिलिआओ ७५औं र क्यासीमेरोले ७९औं मिनेटमा गोल गरि २-० गोलको रोमाञ्चक जित दिलाए ।
उक्त जित सँगै रियलले ३४ खेलबाट ७४ अंक बनाएको छ। ऊ शीर्ष स्थानको एथ्लेटिको मड्रिड भन्दा २ अंकले पछि छ। त्यस्तै तेस्रो स्थानको बार्सिलोना भन्दा ३ अंकले अघि रहेको छ । तेस्रो स्थानको बार्सिलोनाको ३३ खेलबाट ७१ अंक रहेको छ । स्मरण रहोस् बार्सिलोनाले १ खेल कम खेलेको छ । यता पराजित ओसासुनाको भने ३४ खेलबाट ४० अंकसहित ११औं स्थानमा रहेको छ ।
त्यस्तै रियल मड्रिड विजयी भए सँगै उपाधि होडमा निकै रोचक बनेको छ । लिगमा जम्मा ४ खेल बाँकी रहदा जारी सिजनको उपाधि कस्ले जित्छ भने अझै भन्न मुस्लिम रहेको छ । यता चौथो स्थानको सेभिल्लाको ३३ खेलबाट ७० अंक रहेको छ । ऊ पनि उपाधि होडमा रहेको छ ।