चौतारा । सिन्धुपाल्चोक जिल्ला अस्पताल चौताराको सम्पूर्ण सेवा बन्द भएको छ ।
कार्यलयमा कार्यरत कर्मचारी र अस्पतालमा आएका केही बिरामीमा कोरोना संक्रमण देखिएकाले अस्पतालले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा शुक्रबारदेखि ठप्प भएको हो ।
अस्पतालले एक सूचना निकाल्दै इमर्जेन्सी सेवा र फिवर क्लिनिक बाहेकका सबै सेवा अर्को सूचना प्रकाशित नहुन्जेललाई स्थगित गरेको जनाएको छ ।