पुस ६, २०७९ बुधबार

काठमाडौं । विगत डेढ दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले तेस्रो विस्तारित काउण्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) रविभवन काठमाडौंमा सञ्चालनमा ल्याएको छ । बैंककका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको उपस्थितिमा विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याइएको हो ।

यसअघि नै बैंकले मकवानपुर जिल्लामा रजैया र लमजुङ जिल्लामा राइनासमा विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याइसकेको छ । बैंकले विस्तारित काउण्टरमार्फत् ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बंैकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।