बैशाख १९, २०७८ आइतबार

एजेन्सी । इटालियन सिरी फुटबलमा इन्टर मिलान विजयी भएको छ । जारी सिजन आफ्नो ३४औं साताको खेलमा घरेलु टोलीमाथि २-० गोललको रोमाञ्चक जित निकाल्दै उपाधि यात्रा थप मजबुत बनाएको छ  ।

शनिबार राति सम्पन्न खेलमा घरेलु टोली क्रोटोनलाई २-० गोल अन्तरले पराजित गरेको हो । पाहुना टोली मिलानलाई जित दिलाउन क्रिस्टियन एरिक्सन र आच्रफ हाकिमीले १/१ गोल गरे ।

निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ६९ औं मिनेटमा एरिक्सनले गोल गर्दै इन्टरलाई १-० गोलको अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा हाकिमीले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।

उक्त जितसँगै इन्टर सिरी 'ए' को् उपाधि नजिक पुगेको छ । इन्टरले कुल ३४ खेलबाट ८२ अंक जोडेको छ । जुन दोस्रो स्थानको एसी मिलानको भन्दा १३ अंकले बढी हो ।

त्यस्तै इन्टर सन् २०१० पछि पहिलो पटक सिरी 'ए' को उपाधि नजिक पुगेको छ ।