एजेन्सी। भारतमा जारी १४ औं संस्करणको गयराती सम्पन्न खेलमा साबिकको बिजेता टोली मुम्बई ईण्डियन्सले लयमा देखिएको चेन्नाई सुपर किंग्सलाई ४ विकेटले पराजित हात पारेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा २१८ रन बनाएको थियो ।
पन्जावका लागि ओपनर फाफ डु प्लेसिस , मोईन अलि र अम्बीदी राईडुले अर्ध शतकिय पारी खेले तापनि टिमलाई जित दिलाउन सकेनन्। मुम्बईका लागि कायरन पोर्लाडले २ विकेट तथा जसप्रित बुमराह र ट्रेन्ट बोल्डले समान १/१ विकेट लिए।
दिल्ली स्थित अरुण जेट्ली स्टेडियममा २१९ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम बलमा लक्ष्य भेट्यो। उसले २० ओभरमा ६ विकेट गुमाउदै लक्ष्य भेट्यो। उसका लागि कायरन पोलार्डले ३४ बल मा ८७ रन,क्विटन डि ककले ३८, रोहित शर्माले ३५ र कुर्नाल पाण्ड्याले ३२ रनको ईनिङ खेले।
यो जित पश्चात मुम्बई चौंथो स्थानमा कायमै रहदा हार पश्चात पनि चेन्नाई भने शिर्ष स्थानमा कायम नै रहेको छ ।