पुस ६, २०७९ बुधबार

एनएमबी बैँकका ग्राहकहरूलाई आन्तरिक विमानस्थलको भित्री लबिमा अवस्थित स्वोनिगा लाउन्जमा विशेष छुट दिने गरी सम्झौता भएको छ ।

सम्झौतासँगै यस बैंकका ग्राहकहरूले लाउन्ज सेवाका साथै अन्य सेवा लिँदा भिसा डेबिट वा क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र लाउन्जका प्रबन्ध निर्देशक सुवास श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

एनएमबी बैंकले हाल देशभर रहेका २०१ शाखा कार्यालय, १३८ एटीएम मेसिन, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।