एजेन्सी। भारतमा जारी १४ औं संस्करण ईण्डियन प्रिमियर लिग(आईपिएल)मा आज दुई खेल हुदै छ। आजको पहिलो खेलमा नेपाली समयानुसार दिउसो३:४५ बाट सनराईजर्स हैदराबाद र राजस्तान रोयल्स बिच हुनेछ। हिजो मात्र डेबिड वार्नरलाई कप्तानबाट हटाउदै केन विलियम्सलाई कप्तानका रुप नियुक्त गरेको हैदराबादको नया कप्तानका लागि यो पहिलो खेल रहने छ भने हारको शृखंला रोक्दै प्लेअफको सम्भावना जिवितै राख्न हैदरावादका लागि यो खेल महत्वपुर्ण रहेको छ। यो खेल दिल्लीमा हुनेछ।
आज नै हुने दोस्रो खेलमा तालिकाको दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सले पाचौ स्थानको पन्जाब किंग्सको सामना गर्ने छ ।यो खेल अहमदाबादमा नेपाली समयानुसार साझ ७:४५ मा खेल सुरु हुनेछ।