काठमाण्डाै – सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई छाड्न आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आजै कैदबाट मुक्त गर्न र आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन आदेश जारी गरेको हो।
शोभराजका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमा आदेश जारी गर्दै सर्वोच्चले निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवाधिकार मापदण्ड, संविधान तथा कानुन प्रदत्त अधिकार अनुकूल नदेखिएको भनेको छ।
शोभराजको उमेर ७५ वर्ष भइसकेको तथा उनी मुटुसम्बन्धी रोगबाट पीडित भइ उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत ९१९ वर्ष० कैद सजाय भोगिसकेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ।
सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई काठमाडौं र भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेको थियो।


