पुस ७, २०७९ बिहिबार

काठमाडौँ – नाबालिका जबरजस्ती बलात्कार मुद्दामा पूर्पक्षका लागि जेल चलान भएका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ।

पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो।

पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन्। उच्चअदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्ष माथि रहेको दाबी गरिएको छ।

सन्दीपलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको थियो।