बैशाख १९, २०७८ आइतबार

 

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा लिलले नाइसमाथि सहज जित निकाल्दै पुन पीएसजीलाई पछि पारेर शीर्ष स्थानमा फर्किएको छ । 

आइतबार बिहान सम्पन्र भएको खेलमा घरेलु टोली लिलले पाहुना टोली नाइसलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु टोली लिललेको जितका लागि बुराक यिलमाज र मेहमद जाकि सेलिकले १/१ गोल गरे ।

जारी खेलको १३औ मिनेटमा घरेलु टोलीका लागि बुराक यिलमाजले गोल गरी पहिलो हाफभरि १–० गोलको अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको खेलको ५६औ मिनेटमा मेहमदले गोल गरी लिललाई २–० गोलको अग्रता दिलाए । र त्यसपछि बाँकी समय थप गोल नहुदा लिल २–० गोलले विजयी भयो ।
उक्त जितसँगै लिल पहिलो स्थानमा उक्लेको छ । हाल ३५ खेलबाट लिलसँग ७६ अङ्क छ । यता दोस्रो स्थानमा झरेको पीएसजीसँग ७५ अङ्क छ ।