बैशाख १९, २०७८ आइतबार

काठमाण्डौ। ५ औं पोखरा स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन सार्वजनिक गरिएको छ।  नेपाल खेलकुद पत्रकार मन्च गण्डकी प्रदेश कमिटिको आयोजनामा संचालन हुने सो अवार्ड विभिन्न चार विधाको मनोनयन आज सार्वजनिक गरिएको हो।  

अवार्ड आयोजनाको मिति नतोकिए पनि बर्षको उत्कृष्ट पुरुष,महिला,उदयमान तथा प्रशिक्षक विधामा समान ३/३ जनाको नाम समावेश गरि मनोनयन सार्वजनिक गरिएको छ।वर्षको  उत्कृष्ट पुरुष खेलाडीमा करातेका नविन रसाईली,फुटबलका सुमन अर्याल र टेबलटेनिसका विनेश खनिॅंया रहेका छन्। यसै गरि बर्षको उत्कृष्ट महिला खेलाडीमा साईक्लिङकि जमुना थापा,तेक्वान्दोकि पार्वती गुरुङ तथा तेक्वान्दोकि प्रशसां क्षेत्री रहेकी छिन्। यस्तै बर्षको उत्कृष्ट उदयमान खेलाडीमा भने लनटेनिसका प्रदिप खड्का, क्रिकेटका विपिन क्षेत्री तथा पौडीकि दुवाना लामा रहेकि छिन्। उत्कृष्ट प्रशिक्षकको मनोनयनमा भने सुरेस मल्ल बक्सिङ,पौडीका आनन्द कुवर र किरण श्रेष्ठ फुटबलका रहेका छन्।