काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज (आइतबार) एकमात्र खेलमा प्रतिस्पर्धा हुदा जसमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसी आमने सामने हुँदैछन् ।
उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेबाट सुरु हुनेछ ।
आजको खेलमा पोखरा थन्डर्स ललितपुरलाई पराजित गर्दै शीर्षस्थानको धनगढी एफसीसँग अंक बराबरी गर्ने अवसर रहेको छ । पोखरा ३ खेलमा समान १ जित, बराबरी र हारका साथ ४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
यस्तै लिगको हालसम्म ३ खेलमा जित विहीन बनेको ललितपुर सिटी पहिलो जितको खोजीमा मैदानमा उत्रनेछ । ललितपुरले ३ खेलमा २ बराबरी र १ हारको नतिजा निकालेको छ ।