काठमाण्डौ – नेपाल राष्ट्र बैंकले दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलङ्गामा आज शुक्रजार आयोजित एक कार्यक्रमकाबीच गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्न डिजिटल साक्षरता कार्यक्रमको सुरुवात गरिएको जानकारी दिनुभयो । क्युआरबाट मात्र एक महिनामा ४२ लाख रुपैयाँभन्दा बढी कारोबार भएको जानकारी दिँदै उहाँले डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नका निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रम जरुरी रहेको बताउनुभयो ।
डिजिटल कारोबारलाई ‘पारदर्शीताको मेरुदण्ड’ को संज्ञा दिँदै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवर्द्धनमा समेत टेवा पुग्ने धारणा राख्नुभयो । डिजिटल कारोबारमा आउन सक्ने जोखिमप्रति सचेत रहन उहाँले सबैलाई अनुरोध गर्नुभयो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ुविद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षु को रूपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिने उल्लेख छ ।