बैशाख १९, २०७८ आइतबार

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज (आइतबार) एकमात्र खेलमा प्रतिस्पर्धा भईरको छ । 

जसमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ समाप्त हुँदै दुवै टोलीले केहि सुनौलो अवसर सिर्जना गरे ता पनि गोल भने गर्न सकेनन् ।  

आजको खेलमा पोखरा थन्डर्स ललितपुरलाई पराजित गर्दै शीर्षस्थानको धनगढी एफसीसँग अंक बराबरी गर्ने अवसर रहेको छ । पोखरा ३ खेलमा समान १ जित, बराबरी र हारका साथ ४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

यस्तै लिगको हालसम्म ३ खेलमा जित विहीन बनेको ललितपुर सिटी पहिलो जितको खोजीमा मैदानमा उत्रनेछ । ललितपुरले ३ खेलमा २ बराबरी र १ हारको नतिजा निकालेको छ ।