बैशाख १९, २०७८ आइतबार

भारतमा जारी १४ औं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल)मा दिल्ली क्यापिटल्ससॅंगको खेल अगाडी पन्जाव किंग्सका कप्तान समेत रहेका महत्वपुर्ण ब्याट्सम्यान केएल राहुल अस्पताल भर्ना भएका छन्। 

 पञ्जावका कप्तान केएल राहुल एपेन्डिसाइट्सको समस्या देखिएपश्चात अस्पताल भर्ना भएका छन ।पञ्जाव किंग्सले जनाए अनुसार उनको शल्यक्रिया हुने भएको छ । जसका कारण उनले केहि खेल गुमाउने भएका छन् । समस्या गम्भिर देखिएमा उनले आपिएलको यस संस्करण पुरा गुमाउने छन् ।

आइपीएलमा पञ्जावले आज  दिल्लीसँग खैल्दैछ ।