बैशाख १९, २०७८ आइतबार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति रोमाञ्चक खेल हुदैछ । जसमा दुई ठुला टोली म्यान्चेस्टर युनाइटेड र साविकको विजेता लिभरपुलबीच आज भिड्न्त हुदैछ । नेपाली समय अनुसार आज राति ९:१५ बजेबाट सुरु हुने उक्त खेल युनाइटेडको घरेलु मैदानमा हुनेछ ।

आज राति घरेलु मैदानमा हुने खेलमा घरेलु टोली सहज जितको खोजीमा हुनेछ । तर पाहुना टोली लिभरपुलमाथि युनाइटेडलाई सहज भने पक्कै हुने छैन । जारी सिजन अंक तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडको ३३ खेलबाट ६७  अंक रहेको छ । जुन शीर्ष स्थानको म्यान्चेस्टर सिटी भन्दा १३ अंकले कम हो । यध्यपी आजको खेलमा घरेलु टोलीले जित निकालेको खण्डमा दोस्रो स्थानमा रहँदै सिजन अन्त्य गर्न सम्भावना बलियो हुनेछ ।

त्यस्तै यता पाहुना टोली लिभरपुललाई शीर्ष ४ भित्र प्रवेश गर्न आजको खेल जित्नु पर्न दबाबमा रहेको छ । कुल ३३ खेलबाट ५४ अंक बनाएको लिभरपुल छैटौं स्थानमा रहेको छ ।