काठमाडौ । सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आज आइतबारदेखि अक्सिजन उत्पाादन कार्य सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लाण्टको आइतबार एक समारोहकाबीच उद्घाटन भएसँगै अक्सिजन उत्पादनको काम सुरु भएको हो ।
२०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लान्ट स्थापना गर्नेसम्बन्धी सम्झौता भएको थियो । सो सम्झौतालगत्तै निर्माणको काम सुरु भएको अक्सिजन प्लान्टको आइतबार विधिवत रुपमा शुभारम्भ गरिएको हो । प्लान्टको प्रतिदिन ६ हजार ३ सय ४५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ ।