काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज आइतबार सम्पन्न खेलमा ललितपुर र पोखरा गोलरहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचको खेल बराबरीमा सकिएको हो । खेलमा दुवै टोलीले केहि सुनौलो अवसर सिर्जना गरे ता पनि उक्त अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
उक्त बराबरी सँगै ललितपुर कुल ४ खेलबाट ३ अंक जोडेका छ । जसमा ऊ अझै पनि जित विहीन बनेको छ । ऊ हाल अंक तालिकाको छैटौं स्थानमा यथावत गरेको छ ।
यता पोखराको भने समान खेलबाट ५ अंक सहि तेस्रो स्थमनमा रहेको छ ।