एजेन्सी। भारतमा जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपिएल)मा राजस्थान रोयल्सले सनराईजर्स हैदरावाद ५५ रनले पराजित गरेको छ। जारी प्रतियोगितामा हैदरावादको यो छैटौं हार हो ।
दिल्लीको अरुन जेट्ली स्टेडियममा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२० रन बनायो ।
राजस्थानका लागि ओपनर ब्याट्सम्यान जोस बटलरले शतकीय पारी खेले उनले १२४ रन बनाए भने कप्तान सन्जु सामसनले ४८ रन बनाए भने हैदराबादका सन्दिप शर्मा,विजय शकंर तथा रसिद खानले समान १/१ विकेट लिए ।
२२१ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ६५ रनमात्र बनाउन सक्यो ।
यस संस्करण राम्रो प्रदर्शन गर्न नसक्दा कप्तान नै परिवर्तन गरेको हैदरावादले राजस्थानविरुद्धपनि जित निकाल्न सकेन ।आजको खेलको अन्तिम ११ मा पनि पुर्व कप्तानलाई नराख्दा सबै अचम्मित रहेका थिए। हैदराबादका लागि २० बलमा ३१ रनको सर्वाधिक ठुलो पारी खेल्दा राजस्तानका मुस्ताफिजुर रहमान तथा क्रिस मोरिसले ३/३ विकेट हात पारे ।
यो जितपछि राजस्थानको सात खेलमा ६ अंक भएको छ भने पुछारमा रहेको हैदरावाद सात खेलमा मात्र दुई अंकका साथ बसिरहेको छ ।