पुस ११, २०७९ सोमबार

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १३ सय ९० रुपैयाँ कायम रहेको छ। आइतबार पनि यही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।