एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा जारी सिजन २०२०/२१ को उपाधि इन्टर मिलानले जितेको छ । यो सँगै मिलानले ११ वर्षपछि इटालिन सिरी ए को उपाधि जितेको हो ।
आइतबार भएको खेलमा दोस्रो स्थानको एट्लान्टा र सासुओलोले १-१ गोलको बराबरी खेलेसँगै इन्टर चार खेलअगावै उपाधि विजेता बनेको हो ।
शीर्ष स्थानमा रहेको इन्टरले दोस्रो स्थानको एट्लान्टाभन्दा १३ अङ्कको अग्रता बनाउँदै उपाधि हात पारेको हो । इन्टरले ३४ खेलमा ८२ अङ्क जोडेको छ । यता दोस्रो स्थानको एटेलान्टासँग ६९ अङ्क छ । इन्टरले यसअघि सन् २००९–१० सिजनमा सिरी ‘ए’को उपाधि जितेको थियो ।