काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरु हुने भएका छन् ।
कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत ५ गते ‘बी’ डिभिजन लिग स्थगन भएको थियो । लिगमा आज दुई खेल हुने छन ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने पहिलो खेल मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ती युवा क्लबबीच हुनेछन् भने दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ । पहिलो खेल १२ः१५ बजे तथा दोस्रो खेल दिउँसो ३ः३० बजे हुनेछ ।