बैशाख १९, २०७८ आइतबार

काठमाडौं : राजधानीमा जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग फ्रेन्चाईज क्लब ललितपुर सिटी एफसीले आफ्नो टोलीका मुख्य प्रशिक्षक प्रदिप हुमागाईंले पदबाट राजिनामा दिएका छन् ।

जारी खुकुरी नेपाल सुपर लिगमा ४ खेलमा ३ अंक जोडेको ललितपुर ३ खेल, बराबरी हुदा १ खेलमा पराजित भएको थियो । जसको फलस्वरूप प्रशिक्षक हुमागाईंले राजिनामा दिन  पुगे । 

दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा ललितपुरले पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो ।

त्यस्तै हुमागाईका सहायक रहेका पूर्व राष्ट्रिय खेलाडी राजु तामाङले बाँकी खेलमा टोलीको प्रशिक्षणमा सम्हाल्ने सम्भावना रहेको छ ।