बैशाख २०, २०७८ सोमबार

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा साविकको विजेता युभेन्टसले उडिनेसमाथि पुनरागमन जित निकालेको छ । 

आइतबार राति भएको खेलमा पाहुना टोली  युभेन्टसले उडिनेसलाई २–१ गोलले अन्तरले हराएको हो ।

युभेन्टसको जितमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । यता उडिनेसका नाहुएल मोलिनाले १ गोल गरे ।

जारी खेलको दसौँ मिनेटमा मोलिनाले गोल गर्दै उडिनेसलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको सुरुवाती बाटै पछि परेको युभेन्टसले खेलको अन्तिम समय ८३औँ मिनेटमा युभेन्टसले पेनाल्टीको मौका पाएको थियो, जसमा रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए ।

त्यसपछि नियमित समयको खेल सकिन मात्रै १ मिनेटमा बाँकी रहँदा रोनाल्डोले दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ गोलले जिताए । त्यस्तै रोनाल्डोले जारी सिजन सिरी ए मा आफ्नो गोल संख्या २७ पुर्याएका छन् । 

उक्त जितसँगै युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ । उसले ३४ खेलमा ६९ अङ्क जोडेको छ । यता लिगको उपाधि भने इन्टर मिलानले जितिसकेको छ । उसले चार खेलअगावै ११ वर्षपछि उपाधि आफ्नो पोल्टामा पारेको हो ।