बैशाख २०, २०७८ सोमबार

एजेन्सी।   भारतमा जारी १४ औं संस्करणको गयराती सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले पन्जाव किंग्सलाई ७ विकेटले पराजित गरेको छ। 

टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १६६ रन बनाएको थियो ।

पन्जावका लागि ओपनर तथा कप्तान मयकं अग्रवालले ९९ रनको ईनिङ खेले तथा डेबिड मलानले २६ रनको ईनिङ खेले दिल्लीका कागिसो रबडाले ३ तथा अक्सर पटेल र आवेस खानले समान १/१ विकेट हात पारे।

अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा १६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा ३ विकेट गुमाएर लक्ष्य भेट्यो।  उसका लागि ओपनर शिखर धवनले ६९ रनको अर्धशतकिय ईनिङ खेले । पन्जाबका लागि राईली मेरिडेथ,क्रिस जोर्डन र हरमनप्रित ब्राराले समान १/१ विकेट हात पारे ।

यो जित पश्चात दिल्ली १२ अंकका साथ पहिलो स्थानमा रहदा र हार पश्चात भने पन्जाव अन्तिमबाट तेस्रो स्थानमा रहेको छ ।