बैशाख २०, २०७८ सोमबार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेहम हस्पटले फराकिलो जित निकालेको छ । 

आइतबार राति सम्पन्न खेलमा टोटेनहमले शेफिल्डमाथि ४-० गोलको शानदार जित निकालेको हो ।

घरेलु टोली टोटेनहमको जितमा ग्यारेथ बेलले ह्याट्रिक गरेका थिए । बेलको खेलको ३६, ६१ र ६९औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै सन हेंग मीनले खेलको ७७औ मिनेटमा अर्को गोल थपेपछि टोटनह्याम ४-० ले विजयी भएको थियो ।

उक्त जित सँगै टोटेनहमले कुल ३४ खेलमा ५६ अंक बनाएको छ । ऊ लिगमा पाँचौ स्थानमा उक्लिएको छ । त्यस्तै यता पराजित शेफिल्डको भने ३४ खेलबाट १७ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ । यस हारपछि शेल्फिल्डको यस सिजनमा रेलिगेसनमा पर्ने निश्चित भएको छ ।