काठमाडैं । राजधानीमा जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग फुटबलमा आज सोमबार पनि एक खेल हुदैछ । जसमा एफी चितवन र विराटनगर सिटी एफीबीच रोमाञ्क खेल हुदैछ ।
त्रिपुरेश्रवरस्थित दशरथ रंगशालामा हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुुरु हुनेछ । जारी सिजन अंक तालिकाको पुछारमा रहेको चितवनको लागि आजको खेल जित्नै पर्न दबाबमा ररहेको छ । त्यस्तै यता अंक तालिकाको चौथो स्थानमा रहेको विराटनगरको लागि आजको खेलमा जित निकाल्न सकेको खण्डमा शीर्ष स्थानको धनगढी सँग अंक बराबरी गर्न अवसर रहेको छ । चितवनको ३ खेलबाट २ अंक रहेको छ । साथै चितवन पहिलो जितको खोेजीमा हुनेछ । यता विराटनगरको भने समान ३ खेलबाट ४ अंक रहेको छ ।