एजेन्सी ।भारतमा जारी १४ औं संस्करणको ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा क्रिकेट अन्तर्गत कोलकत्ता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच आज हुने भनिएको खेल स्थगित भएको छ ।
कलकत्ता र बैंगलोरबीचको खेल राति ७:४५ बजे सुरु हुने तालिका रहेकोमा कोरोनाको कारण खेल स्थगित गरिएको हो ।कलकत्ताका केही खेलाडीमा कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको हो ।कलकत्ताका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना देखिएको बताईएको छ ।