पुस १३, २०७९ बुधबार

काठमाडौं । मान्डु हाइड्रोपावर लिमिटेडले १६ लाख ३६ हजार ३ सय ७० कित्ता साधारण शेयर (आर्इपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि पुस ११ गते सेबोनमा आवेदन दिएको हो ।  

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी अंकित मूल्य १०० रुपियाँमा १४८ रुपियाँ प्रिमियम जोडेर प्रतिकित्ता रु.२४८ मा आईपीओ बिक्री अनुमति मागेको हो ।  कम्पनीले आईपीओ निष्काशनका लागि यसअघिनै बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ ।  

मान्डु हाइड्रोपावरले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ ।