एजेन्सी। आईसिसिले टिट्वान्टी वरियताबाट ५ राष्ट्रलाई हटाएको छ।
आईसिसिको नियमानुसार वरियतामा समावेश हुन पछिल्ला तीन वर्षमा कम्तिमा ६ टिट्वान्टी अन्तराष्ट्रिय खेल खेलेको हुनुपर्छ ।
वरियताबाट हटाईएका देशहरुमा गाम्बिया, घाना, हंगेरी ,सिएरा लियोन र स्वीडेन रहेका छन् ।
ति ५ राष्ट्र वरियताबाट हटेसॅंगै अब टिट्वान्टि वरियतामा ८० राष्ट्र मात्र रहेकाछन् ।