बैशाख २०, २०७८ सोमबार

काठमाडौं । राजधानीमा पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिगमा विराटनगर सिटी एफसीले दोस्रो जित निकालेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनलाई २-० गोल अन्तरले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो ।

विराटनगरलाई जित दिलाउन पेड्रो जाभियर मान्जी र सन्तोष तामाङले १/१ गोल गरे । निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर दोस्रो हाफको खेलको ७३औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरलाई १-० गोलको अग्रता दिलाए । उनले सुनिल बलको फ्रिकिकमा डिबक्स भित्र उत्कृष्ट गोल गरे ।

त्यस्तै खेलको ८९ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै विराटनगरलाई २-० को जित दिलाए ।

उक्त जितसँगै विराटनगर लिगको शीर्ष स्थानमा उक्लिएको छ । विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ । यता पराजित चितवन ४ खेलबाट २ अंक जोडेर पुछारमा रहेको छ ।

उक्त खेलमा विराटनगरका रंजित धिमाल प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच विराटनगरका सुरज ज्यु ठकुरी चुनिए । उनले १० हजार प्राप्त गरे ।