पुस १४, २०७९ बिहिबार

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।


कम्पनीको हिजो पुस १३ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


उक्त लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरूमा वितरण गरिनेछ ।