पुस १४, २०७९ बिहिबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा )को उर्जा ऋणपत्र भर्ने आज पुस १४ गते, बिहीबार अन्तिम दिन रहेको छ । 

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । जसमध्ये, सर्वसाधारणका लागि १९ लाख कित्ता छुट्याइएको छ । बैंकले ७ वर्ष अवधि भएको वार्षिक ७ प्रतिशत व्याज भएको 'निफ्रा उर्जा ऋणपत्र, २०८५/८६' नाममा ऋणपत्र निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको छ ।