पुस १४, २०७९ बिहिबार

काठमाडौं:  बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ५० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ।

पुस मसान्तमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा ठूलो मात्रामा बैंकिङ प्रणालीबाट राजस्वका रुपमा पैसा जाने भएकाले तरलता व्यवस्थापनका लागि रिपो जारी गर्न लागिएको हो।

 केन्द्रीय बैंकले आज रिपोको बोलकबोल गर्नेछ। कूल ४५ दिने अवधिका लागि रिपो जारी गर्न लागिएको हो।

 रिपोको बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियामा सहभागिता जनाउन सक्नेछन्। उक्त रिपो आगामी माघ २९ गते परिपक्व हुनेछ।