बैशाख २१, २०७८ मंगलबार

 सागर अधिकारी/काठमाण्डौ 

घरेलु क्रिकेट प्रतियोगिताका हरेक जसो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका क्रिकेटर हुन् विपिन खत्री।    

क्रिकेटको सहरका रुपमा स्थापित हुदै गरेको कैलालीको धनगढी सहरमा वि सं २०५४ मंसिर १० मा जन्मिएका क्षेत्री नेपालमा हुने हरेक घरेलु लिगहरुमा छुट्दैनन्। काठमान्डौमा हुने एभरेष्ट प्रिमियर लिगमा गत सिजनमा पोखरा राईनोजको प्रतिनिधित्व गरेका विपिनले तत्कालिन राष्ट्रिय टिमका कप्तान समेत रहेका विराटनगर वारियर्सका कप्तान पारस खड्कालाई आउट गराउनु नै उनको जीवनको हालसम्मको अविष्मरणिय क्षण हो तथा २०७४ सालमा सम्पन्न पहिलो प्रधानमन्त्री कपमा बेस्ट इमर्जिङ खेलाडी हुनु हो। 

उनका बुबाको क्रिकेटमा लगाव हुनुले नै उनलाई सुरुवाती दिन देखि आजसम्म परिवारको हर्दम साथ रहेको छ। 

आफ्नो उद्देश्य प्राप्तिका लागि गरिने मेहेनतलाई सघंर्ष मान्न नहुने भन्दै विपिन भन्छन् “जब म पोखरा आए तब क्रिकेट प्रतिको मेरो रुची उत्कर्षमा पुगेको थियो  खास रुपमा क्रिकेट सिक्न अहिलेका जस्ता एकेडेमीहरु नरहदा आफु भन्दा ठुला दाजुहरुले खेलेको हेरेर नै सिक्नु पर्ने अवस्था थियो”

क्रिकेट खेलमा लाग्ने हरेकको मनसाय राष्ट्रिय टिम सम्म पुग्ने भएजस्तै विपिनको लक्ष्य पनि राष्ट्रिय टिममा रहि विश्वकपको मैदानमा आफुलाई उभ्याउन चाहान्छन्।

“क्रिकेटमा आवश्यक सामाग्रीहरुको हिसाबले यो महगों खेल भएकाले सबै सामानका साथ सिक्नु मेरा लागि सुरुवाती समयमा सम्भवको विषय थिएन”हामीसॅंगको कुराकानीमा क्षेत्रीले भने। 

डिभिजन ५ देखि एकदिवसिय मान्यता प्राप्ति सम्मको नेपाली क्रिकेटको यात्रा नजिकबाट नियालेका विपिन नेपाली क्रीकेटको भबिष्य उज्वल रहेको बताउदै भन्छन् “आगामी दिनहरुमा बलियो घरेलु संरचना तथा नियमित अन्तराष्ट्रिय प्रशिक्षण र खेल पाएमा नेपाली क्रिकेट अबको १०-१२ बर्षमा फरक मन्चमा हुने छ।