नेपाल प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ब्रिफिङ गरेको छ ।
प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षक, नायब निरीक्षकहरूसहितको टोलीले अनुसन्धान प्रगतिबारे शुक्रबार ब्रिफिङ गरेको हो ।
गृहमन्त्रीको पदभार सम्हाल्दै लामिछानेले निर्मला पन्तको न्यायका लागि आफूले अधिकतम पहल गर्ने बताएका थिए ।