पुस १७, २०७९ आइतबार

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डौलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । शुक्रवार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

दुबै बैंकले गत असार २ गते मर्जरमा जानका लागिसम्झौता गरेका थिए ।  उक्त सम्झौता अनुसार मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बीओके रहने सहमती भएको थियो तर राष्ट्र बैंकले सो नाम परिवर्तन गर्न निर्देशन दिएको छ । 

राष्ट्र बैंकले मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक मात्रै राख्न निर्देशन दिँदै मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो । यी दुबै बैंक समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् । मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो