बैशाख २१, २०७८ मंगलबार

काठमाडौ । न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहिसकेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणकै कारण उहाँको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी समेेत गराए ।

जनकपुरमा जन्म भई काठमाडौँको गौरी घाट निवासी खड्काको कानुन र न्यायका क्षेत्रमा ठुलो योगदान रहेको छ । सोही योगदानकै कारण कानुन व्यवसायीका तर्फबाट उहाँ २०७६ पुसमा न्याय परिषद् भएको थियो ।