पुस १८, २०७९ सोमबार

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले नयाँ वर्ष २०२३ का अवसरमा सबैभन्दा ठूलो बिक्री अफर ल्याएको छ । अफरअन्तर्गत सेल्सबेरीका विभिन्न शाखामा घरायसी सामान तथा जाडोका विभिन्न वस्तुमा २० प्रतिशतदेखि ७० प्रतिशतसम्म छुट प्रदान गरिनेछ । जनवरी ७ सम्म सञ्चालन हुने अफर सेल्सबेरी तथा सेल्वेज पोखराका विभिन्न शाखामा लागू हुने कम्पनीले जनाएको छ ।