बैशाख २१, २०७८ मंगलबार

एजेन्सी । भारतमा जारी १४औँ संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) अनिश्चितकालका लागि स्थगित भएको छ । 

विश्वभरि फैलिएको कोरोना भाइरस महामारीको कारण विभिन्न टिमका खेलाडी र अफिसियललाई सङ्क्रमण देखिन थालेपछि आइपिएल अनिश्चितलका लागि स्थगित भएको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसको सङ्क्रमण टिमहरूमा देखिन थालेपछि सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो ।