नेपाल इन्भेष्टमेण्ट -मेगा मर्जरमा राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ। यो कुरा बैंकले नेप्सेलाई जानकारी गराएको छ।
नेप्सेलाई जानकारी गराएको पत्रमा यस 'उपरोक्त सम्बन्धमा यस ' नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड” को मिति २०७२/०९/०७ मा सम्पन्न ३६ औं वार्षिक साधारण सभाबाट निर्णय पारित भए मुताविक यस बैंक तथा “ मेगा बैंक नेपाल लिमिटेड” एक आपसमा गाभ्नेरगाभिने (मर्जर) सम्बन्धमा श्री नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागको मिति २०७९ /०९ / १७, पत्र संख्या: बै.वि.नि.वि. र मर्जर /३०/०७९/८० को पत्रबाट प्रदान गरेको अन्तिम स्वीकृती तहाँको जानकारीको लागि यसै पत्र साथ संलग्न गरी पठाएको व्यहोरा सादर निवेदन गर्दछौं' जानकारी गराइएको छ।
