काठमाडौं। साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । नयाँ सरकार गठनसँगै गत साताबाट बढ्न सुरु भएको सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको हो ।
सोमबार नेप्से १७।५६ अंकले वृद्धि भएर २०६३।८३ अंकमा पुगेको छ ।
नेप्सेमा वृद्धि भएपनि आइतबारको भन्दा कारोबार रकम घटेको छ । आइतबार तीव्र उतारचढाव हुँदा नेप्से १७।२८ अंकले बढेको थियो भने कारोबार रकम ४ अर्ब नाघेको थियो ।
सोमबार बजारमा २ अर्ब ९६ करोड ९ लाख २७ हजारको कारोबार भएको छ ।