काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबल प्रतियोगिता आज पनि एक खेल हुदै । जसमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच रोमाञ्चक भिडन्त हुनेछ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने उक्त खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।
आजको खेलमा बुटवल दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । भने यता काठमाडौं पनि बुटवललाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
यदि आजको खेलमा बुटवलले काठमाडौं हराउन सके शीर्ष स्थानमा उक्लने अवसर समेत रहेको छ । यता काठमाडौंले बुटवललाई हराएको खण्डमा काठमाडौंले शीर्ष दुई भित्र उक्लने छ ।
काठमाडौंको ३ खेलबाट ४ अंकसहित अंकतालिकाको पाँचौं स्थानमा रहेको भने, बुटवलको समान ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।