बैशाख २१, २०७८ मंगलबार

एजेन्सी । युरोपको सर्वाधिक ठूलो क्लब फुबटल प्रतियोगिता च्याम्पियन्स लिगमा आज साविकको उपविजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटी खेल्दै छन् । 

च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा पिएसजी र सिटीले नेपाली समयअनुसार आज राति १२ः४५ बजे प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल सिटीको घरेलुु मैदान हुनेछ । 

आजको दोस्रो लेगको खेलमा पाहुना टोलीले पिएसजी कमब्याक गर्दै फाइनलमा स्थान बनाउने दाउमा हुनेछ । भने यता घरेलु टोली सिटी आफ्नो अग्रता कायमै राख्दै फाइनल पुग्ने दाउमा हुनेछ ।

यसअघि पहिलो लेगको खेलमा सिटी पिएसजीलाई उसैको मैदान २-१ गोलले पराजित भएको थियो । 

यस खेलको विजेता टोलीले फाइनलमा रियल मड्रिड र चेल्सीबीचको विजेता टोलीको सामना गर्नेछ । रियल र चेल्सीले बुधबार राति दोस्रो लेगको खेल खेल्दैछन् ।

त्यस्तै आजको यस खेलमा पाहुना टोली  पिएसजीका किलियन एम्बाप्पे मैदान फर्किने छन् ।