पुस १९, २०७९ मंगलबार

काठमाडौं। नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको छ । मंगलबार पुनर्बहालीको पत्र लिएर जङ्गी अड्डा पुगेका उपरथी शाही सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

उपरथी शाहीले आफ्नो पदावधि १ वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जङ्गी अड्डा र रक्षा मन्त्रालयविरुद्ध गत पुस ७ मा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए । अदालतले आफ्नो पक्षमा आदेश दिएसँगै उनी हाजिर हुन भनेर जङ्गी अड्डा पुगेका थिए । त्यसैबखत उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

सैनिक मुख्यालयको अभिलेखअनुसार उनी पुस २० मा अवकाशमा जाँदै थिए । अवकाशको १५ दिनअघि बिदा बस्ने परम्पराअनुसार उनी अहिलेसम्म बिदामा बसेका थिए ।

यहीबीचमा उनलाई अदालतले एक वर्ष जागिर लम्बिने गरी आदेश दिएको थियो ।