पुस २०, २०७९ बुधबार

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानिय, वैदेशिक रोजगारीमा गएका नेपालीहरू तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५४ लाख ८८ हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।