पुस २०, २०७९ बुधबार

शुभम पावर कम्पनी लिमिटेडले पौष ६ गते, बुधबारदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकको छ । 
कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा  ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणलाई जारी हुने ५ लाख ८० हजार ५८० कित्ता सेयरको १० प्रतिशत सेयर  वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि बिक्री गर्न लागेको हो ।

कति दिने आवेदन ?

वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

को हो बिक्री प्रबन्धक ?

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।