काठमाडौ । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ। बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अस्ट्रेलियाको राजदूत फिर्ता गर्ने निर्णय गरिएको जानकारी गराए । अहिलेसम्म भएका कार्यसम्पादन मूल्यांकन र सरकारका लागि उपयुक्त नदेखिएको कारण दाहाललाई फिर्ता गर्ने सिफारिस गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।