बैशाख २१, २०७८ मंगलबार

काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरूको भिड बढेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएपछि विमानस्थलमा नेपाल छोड्नेहरूको भिड बढेको हो ।

मन्त्रिपरिषद्को बैठकले सङ्क्रमणको चेन ब्रेक गर्न काठमाडौ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाइ उडान भने सुचारु थियो । आन्तरिकतर्फको सम्पूर्ण उडान आज २१ गतेबाट तोकिएको छ , भने अन्तर्राष्ट्रिय उडान २३ गते बाट रोकिँदैछ ।

अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भिड विमानस्थलमा बढेको हो । आगामी २३ गतेपछि उडान तालिका भएका विमान कम्पनीहरूले पनि तालिका संशोधन गरेर अगाडि नै यात्रु उडाउन लागेका छन् ।